काठमाडौं १२ असार । नेकपा एकिकृत समाजावादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपा एमालेबाट विद्रोह गर्दा आफूहरूले निकै दुस्खकष्ट गरेको बताएका छन् ।
पार्टीनिकट महिला संगठनको कार्यक्रममा सहभागी भएका उनले विभाजनका लागि आवश्यक संख्या धेरै गाह्रो गरेर पुर्याएको भन्दै तिन विकल्प मध्ये आफुहरुले विद्रोह रोजेको बताएका छन् ।
‘हामीसँग केपी ओलीको दास बनेर बस्ने, गेरु वस्त्र लगाएर राजनीतिबाट सन्न्यास लिने र विद्रोह गर्ने तीन विकल्प थिए , तर, विद्रोह गर्न कम्ती गाह्रो भएको थियो ।’ नेपालले भने ।
सधैँ सोझो पाराले केहि नहुने बताएका उनले कहिलेकाहीँ उद्देश्य र बाटो फरक हुने भन्दै पछिल्लो कालमा विद्रोह गर्ने बेलामा आफ्नो पक्षमा अलिकति अनुकूलता भयो र सफल भएको बताएका छन् ।
साथै, उनले आफुहरुलाई छाडेर गएका १० भाईको हाल उस्तै रहेको भन्दै अहिलेसम्म पनि जेठ २ गतेको अवस्थामा नआएको बताएका छन् ।
‘तर अहिलेसम्म पनि जेठ २ गतेको अवस्थामा फर्किएको छैन । ती १० भाइले न्याय पाएनन् । जे हामीलाई लागेको थियो, त्यही भयो,’ नेपालले भने ।