काठमाडौं १२ असार । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पेट्रोलियम पदार्थको मूल्य घट्नु उर्जाको दिर्घकालिन समस्याको समाधान नभएको बताएका छन् ।
शनिबार बसेको सत्ता गठवन्धनको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटाउन सहमति भएपछि नेपाल आयल निगमले मुल्य घटाएको थियो । तर मुल्य घटेसँगै नेता पौडेलले पेट्रोलियम पदार्थको मूल्य घट्नु उर्जाको दिर्घकालिन समस्याको समाधान नभएको भन्दै यसको सट्टा विकल्पलाई व्यावहारिक रुपमा लागु गर्न सक्नुपर्ने बताएका छन् ।
उनले भनेका छन् , ‘पेट्रोलियम पदार्थको मूल्य घट्नुले मूल्यवृद्धिको श्रृंखला नियन्त्रण र सरकारको उपस्थितिको बोध गरायो तर पेट्रोलियम पदार्थको मूल्य घट्नु उर्जाको दिर्घकालिन समस्याको समाधान होइन ।’
समाजिक सञ्जाल मार्फत नेता पौंडेलले लेखेका छन् ,’पेट्रोलियम पदार्थको मूल्य घट्नुले मूल्यवृद्धिको श्रृंखला नियन्त्रण र सरकारको उपस्थितिको बोध गरायो तर पेट्रोलियम पदार्थको मूल्य घट्नु उर्जाको दिर्घकालिन समस्याको समाधान होइन,हामीले यथासक्य छिटो आयातित पेट्रोलियम पदार्थको सट्टा विकल्पलाई व्यावहारिक रुपमा लागु गर्न सक्नुपर्छ ।’