काठमाडौं :
नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्रीको नाम अब हेरफेर नहुने बताएको छ । पार्टीले तय गरेको नाम हेरफेर नहुने र उनीहरुको शपथग्रहण तत्काल गराउन देउवालाई दवाव दिइने
पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।
मन्त्री फेर्ने पार्टीको निर्णयलाई चुनौती दिँदै मन्त्री तथा सांसदहरुले सामूहिक रुपमा राखेको सर्तबारे खतिवडाले पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई नभएको बताए।मन्त्री तथा सांसदहरुले गत असार ९ मा विभिन्न आठ वटा सर्त राखेर अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका थिए।
उनीहरुले मन्त्रिपरिषद्मा आफ्ना सदस्यहरु हेरफेर गर्दा पूरै नयाँ लैजानुपर्ने, समावेशी सिद्धान्त अपनाउनुपर्ने जस्ता सर्त राखेका थिए। जसले पार्टीमा पुरै तरगं ल्याएको थियो ।