४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका पर्यटनमन्त्री आलेले अझै किन दिएनन् राजीनामा — OSNepal

४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका पर्यटनमन्त्री आलेले अझै किन दिएनन् राजीनामा

LC (KTM) June 26, 2022 0

काठमाडौं :

४८ घण्टा पुगिसक्दा पनि पर्यटनमन्त्री आलेले अझै राजीनामा दिएका छैनन् । ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताए पनि उनले राजीनामा दिएका छैनन् । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले भनेका थिए उनी आफुले पार्टीले ६ महिनाका लागि हामीलाई सरकारमा पठाएको थियो। थप २ महिना पनि काम गर्ने अवसर दियो।

पार्टीले गरेको निर्णयलाई मान्दै ४८ घण्टाभित्र राजीनामा दिन्छु।’ उनी आफुले भनेको भनेको समय सीमा बितिसक्दा पनि अहिलेसम्म राजीनामा नदिएको नेकपा एकीकृत समाजवादी स्रोतले बताएको छ। एकीकृत समाजवादीले यसअघि नै चार मन्त्रीलाई फिर्ता गर्ने र अन्यलाई पठाउने सिफारिस गरे पनि निर्णय कार्यान्वयन हुन सकेको छैन। यस वियायले पनि नेकपा एसमा तगं छाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर