चर्चित लोक दोहोरी गायिका दिलमाया सुनार डेरामा मृत भेटिईन् , अनुषन्धानका लागि भन्दै प्रहरीद्धारा एक जना पक्राउ — OSNepal

चर्चित लोक दोहोरी गायिका दिलमाया सुनार डेरामा मृत भेटिईन् , अनुषन्धानका लागि भन्दै प्रहरीद्धारा एक जना पक्राउ

LC (KTM) June 25, 2022 0

चर्चित लोक दोहोरी गायिका दिलमाया सुनार मृत भेटिएकी छन् । उनी काठमाडौंस्थित आफ्नै डेरामा मृत भेटिएको प्रहरी वृत्त बालाजुले जनाएको छ । प्रहरीका अनुसार शनिबार पौने ११ बजे उनी कोठामै मृत अवस्थामा भेटिएकी हुन् । उनको मुलघर सुर्खेत भए पनि उनी काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् । शुक्रबार राती नै फेसबुकमा उनले एउटा स्टाटस लेखेकि थिईन् ।

उनले स्टाटस मार्फत आफूलाई बाँच्न कठिन भएको जनाएकी थिईन् । प्रहरीले उनको मृत्युको बिषयमा अनुसन्धान भइरहेको जनाएको छ । यसैबीच उनको मृत्यु भएपछि अनुसन्धानका लागि भनेर प्रहरीले सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार शूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको खुल्न आएको छ । ३० वर्षीया गायिका दिलमायाले राजु परियारसँग मिलेर केही चर्चित गीतहरु गाएकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर