काठमाडौं ११ असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हटाउने विषयमा सत्तारुढ दलहरुबीच सहमति भएको बताएका छन् ।
पार्टीको शनिबार बसेको केन्द्रिय कमिटीको बैठकमार्फत अध्यक्ष नेपालले यस्तो जानकारी दिएका हुन् ।
पाँच दलबीच भएको यो सहमतिलाई आजैबाट लागु हुने समेत जानकारी दिएका उनले जनतालाई कष्ट पार्ने गरी सरकारले कुनै पनि वस्तुको मूल्य वृद्धि गर्न नहुने बताएका छन् ।
बजार अनुगमन गरेर कालाबजारी गर्नेहरुलाई पनि कारबाही गर्न आफुहरुले सरकारलाई सचेत गराएको बताएका नेपालले मुलुकलाई भ्रष्टिकरणको बाटोमा जान नदिन पनि बारम्बार सरकारलाई दवाव दिने काम गरेको बताएका छन् ।