पार्टीनिर्णय विरूद्ध गरेको हस्ताक्षरमा प्रेम आलेसहित ६ सांसद किन भए ब्याक, यस्तो छ पत्रमा — OSNepal

पार्टीनिर्णय विरूद्ध गरेको हस्ताक्षरमा प्रेम आलेसहित ६ सांसद किन भए ब्याक, यस्तो छ पत्रमा

LC (KTM) June 25, 2022 0

काठमाडौं १ असार । नेकपा एकीकृत समाजवादी पार्टीको निणर्य विरुद्ध उत्रिएका ६ जना सांसद भने ब्याक भएका छन् ।

पार्टीको निणर्य प्रति आपत्ती जनाउँदै अध्यक्ष माधव नेपाललाई संसदीय दलको बैठक बोलाउन माग गर्दै पेश गरिएको निवेदनमा हस्ताक्षर गरेका संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहित ६ सांसद ‘ब्याक’ भएका हुन् ।

ब्याक हुने आलेबाहेकका अन्य सांसदहरूमा गोपालबहादुर बम, वीनादेवी बुढाथोकी र धनबहादुर बुढा मन्त्री आलेनिकट मानिन्छन् भने, पुष्पाकुमारी कर्ण कायस्थ र कृष्णलाल महर्जन रहेका छन् । आजै पार्टी अध्यक्ष नेपाललाई भेटेर हस्ताक्षर फिर्ता लिएको पत्रमा मार्फत जानकारी गराएका छन् ।

‘पत्रमा ८ बुँदे मागसहित दलको बैठक बोलाइयोस भनी पेस गरेको पत्रमा हामी तपसिलका सांसदहरूको समेत हस्ताक्षर रहेकोमा उक्त हस्ताक्षर फिर्ता लिएका छौं,’ पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर