काठमाडौं ११ असार । नेकपा एमालेका नेता गोकुल बास्ँकोटाले माकुराको बच्चाले जालोमा शिकार नपरेपछि अन्तिममा आफ्नै माउको शिकार गरेर पेट भर्छ भन्दै नेकपा एकीकृत समाजवादी पार्टीमाथि टिप्पणी गरेका छन् ।
मन्त्री हे रफेरको विषयलाई लिएर नेकपा एसमा विवाद चुलिएपछि नेता बास्ँकोटाले सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गरेका हुन् ।
‘शिखण्डीको भरिया बन्याथ्यो।बल्ल परो नीरमाया माकुरी जालैमा’ उनले भनेका छन् । यति बेला नेकपा एसको चौथो केन्द्रीय कमिटी बैठक जारी रहेको छ ।
‘माकुराको बच्चाले जालोमा शिकार नपरेपछि अन्तिममा आफ्नै माउको शिकार गरेर पेट भर्छ। शिखण्डीको भरिया बन्याथ्यो।बल्ल परो नीरमाया माकुरी जालैमा !’उनले लेखेका छन् ।