काठमाडौं १ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई सबैठाउँमा पार्टी बनाउन नसकेको स्वीकार गरेका छन् ।
शनिबार बसेको पार्टीको चौथो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।
‘हामीले सबैठाउँ पार्टी बनाउन सकेका रैनछौं । पुर्याउन सकेका रैनछौं, र उम्मेदवारी दिनसकेका रैनछौं, ‘२७/२८ प्रतिशत ठाउँमा मात्र उम्मेदवारी दिन सकेका रहेछौं ।’
उनले भने ।
सबैमा ठाउँमा उम्मेदवार उठाउन सकेको भए १९र२० लाख मत आफ्नो पार्टीले पाउन सक्ने देखिएको बताएका उनले ‘२७र२८ प्रतिशत उम्मेदवार उठाउँदा पनि ९ लाख पाएको बताएका छन् ।
‘भनेपछि जनताको समर्थन हामीले पाएका रहेछौं ,सबै ठाउँमा उठाएको भए १९र२० लाख ल्याउनुभएको रहेछ,’ उनले भने ।