काठमाडौं ११ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुलाई छाडेर एमाले प्रवेश गरेका १० जना नेतामाथि आक्रोश पोखेका छन् ।
शनिबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले १० भाइको दिमागबाट अझै नशा उत्रि नसकेको भन्दै आक्रोश पोखेका हुन् ।
एमालेबाट विद्रोह गर्नु जायज भएको बताएका उनले यदि आफुहरुले त्यो नगरेको भए कि दास भएर बस्नुपथ्र्यो कि राजनीतिबाट पलायन हुनुपर्ने अवस्था आउने बताएका उनले बैठकमा भने, ‘नेकपा एमालेबाट विद्रोह गर्नु जायज थियो । हामीले नगरेको भए कि दास भएर बस्नुपथ्र्यो कि राजनीतिबाट पलायन हुनुपथ्र्यो ।’,
‘अहिले म कथित १० भाइका कुरा सुन्दैछु,उनीहरुको दिमागबाट नशा उत्रेको छैन । तथानाम लेखिरहेका छन्, म हेरिरहेको छु । उनीहरु त्यहाँ दास भएर बसेका छन्, पदीय गरिमका सम्मान पाएका छैनन् तर पनि दास भएर बसेका छन् ।’
उनले चेतावनी दिँदै आफुहरुलाई धारेहात लगाउने दुस्साहस नगर्न भनेका छन् । दिमागबाट नसा उत्रेछेको छैन रु तथााम लेखिरहेका छन्,दास भएर बसेका छन्, पदीय गरिमाको सम्मान पाएका छैनन् । उनले अघि भनेका छन् ।