काठमाडौं ११ असार । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले समक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिने ६ जना सांसदले हस्ताक्षर फिर्ता गरेका छन् ।
संसदीय दलको बैठक माग राख्दै नेपाललाई निवेदन दिएका स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सासंद निरा जैरु बाहेकका ६ जना सांसदले हस्ताक्षर फिर्ता गरेका हुन् ।
हस्ताक्षर फिर्ता गर्नेमा सांसदहरू पर्यटनमन्त्री प्रेम आले, कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा रहेका छन् ।
पार्टीले सरकारबाट फिर्ता बोलाएकोप्रति अशन्तुष्ट मन्त्रीहरु सहित १० जना सांसदहलरुले संसदीय दलको बैठक माग गर्दै उक्त निवेदनमा हस्ताक्षर गरेका थिए ।