काठमाडौं ११ असार । सत्ता गठवन्धनको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सत्ता गठवन्धनको बैठकले पेट्रोलिय पदार्थको मूल्य पनि घटाउने सहमति गरेको हो ।
अब आजै मन्त्रिपरिषद्को बैठक बसेर पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने र आयल निगमलाई मुल्य घटाउन निर्देशन दिने सहमति भएको छ । गठबन्धनका संयोजक एंव कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बजारको अनुगमन कडाइका साथ गर्नुपर्ने र पेट्रोलिय पदार्थको मूल्य पनि घटाउन गरेका थिए ।
खाद्य संस्थान र साल्ट ट्रेडिङमा नागरिकलाई सस्तोमा उपभोग्य सामान उपलब्ध गराउनुपर्ने अवस्था आइसकेको समेत बताएका पौडेलले सरकारले राज्यका सबै निकायलाई प्रयोग गरेर मूल्य वृद्धिलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् ।
साथै, उनले आज या भोली आइतबार सम्म मन्त्रिपरिषद्को बैठक बसेर पेट्रोलियम पदार्थमा लगाइएको कर घटाइने समेत बताएका छन् ।