६९७ स्थानीय तहले निर्धारित समयमा ल्याउन सकेनन् बजेट — OSNepal

६९७ स्थानीय तहले निर्धारित समयमा ल्याउन सकेनन् बजेट

LC (KTM) June 24, 2022 0

यतिबेला स्थानीय सरकारलाई बजेट ल्याउन चटारो परेको छ । तोकिएको समयमा धेरै स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । जम्मा ७५३ स्थानीय तहमध्ये ५६ वटा स्थानीय सरकारले तोकिएको समय अर्थात् १० असारमा नै बजेट ल्याएका छन्। अन्य ६९७ स्थानीय सरकारले समयमा बजेट प्रस्तुत गर्न सकेका छैनन्।

यसरी बजेट समयमै बजेट ल्याउनेमा १ नं प्रदेशका १३, मधेशका ६, बागमतीका १०, गण्डकीका ६, लुम्बिनीका ५, कर्णालीका ४ र सुदूरपश्चिमका १२ स्थानीय तहले बजेट ल्याएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार १० असारभित्र स्थानीय सरकारले बजेट नीति कार्यक्रम ल्याउनुपर्ने कानुनी प्रावधान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर