डान्सिङ स्टार्स नेपाल सिजन २ को उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीलाई — OSNepal

डान्सिङ स्टार्स नेपाल सिजन २ को उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीलाई

LC (KTM) June 24, 2022 0

हिमालय टेलिभिजन बाट प्रशारण हुदै आएको डान्सिङ रियालिटी शो डान्सिङ स्टार्स नेपालको सिजन २ को उपाधि रोजरिङ अर्थात छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जित्न सफल भएको छ । शुक्रबार राति सम्पन्न ग्रान्ड फिनालेमा उपाधिसँगै यो जोडीले १५ लाख रुपैयाँ नगद समेत हात पारेका छन् ।

प्रीति आले मगर र शेखर घर्ती मगरको जोडीले फस्ट रनरअप हुँदै २ लाख रुपैयाँ जितेको छ भने परमिता राणा र जेडी तमुको जोडी सेकेन्ड रनरअप हुन सफल भएको छ । उपाधी विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाललले पुरस्कार र ट्रफी दिएर सम्मान गरे । त्यस्तै एपमार्फत शोमा सहभागीमध्ये सरस्वती धिमाल उत्कृष्ट भइन् ।

उनले शोको आगामी सिजनमा स्टारको रुपमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेकि छिन् । १२ जना सेलिब्रिटी र कोरियोग्राफर जोडीले यस सिजनमा भाग लिएका थिए । गौरी मल्ल, दिलीप रायमाझी र रेनशा बान्तवा राई निर्णायक रहेको शोको फिनालेमा गायिका प्रविशा अधिकारीले सांगीतिक प्रस्तुति समेत दिएकी थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर