एक करोड भ्रष्टाचार गर्ने अधिकृतविरुद्ध अख्तियारले हाल्यो मुद्धा — OSNepal

एक करोड भ्रष्टाचार गर्ने अधिकृतविरुद्ध अख्तियारले हाल्यो मुद्धा

LC (KTM) June 24, 2022 0

काठमाडौं १० असार । ९९ लाख ९९ हजार ९९९ बराबरको भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जीतपुर सिमरा उपमहानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र आपूर्तिकर्ता कम्पनीका सञ्चालकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७६–०७७ का लागि उपमहानगरको खोलाजन्य सामग्री उत्खननका लागि ठेक्का दिँदा गैरकानूनी तवरले मिलेमतो गरी भ्रष्टाचार गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

आयोगले प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंसहित आपूर्तिकर्ता कम्पनी ओम सप्लायर्सका प्रोप्राइटर ओमशंकर प्रसादविरुद्ध एक करोड ३८ लाख ९९ हजार ९९८ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर