काठमाडौं १० असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको निणर्य मानिदिन सरकारबाट फिर्ता बोलाइएका मन्त्रीहरुलाई आग्रह गरेका छन् ।
भोली शनिबार सम्म मन्त्री हेरफेर भइसक्ने बताएका अध्यक्ष नेपालले बैठकमा पार्टीको निर्णय कार्यान्वयन भन्दै यस्तो आग्रह गरेका हुन् ।
शुक्रबार बसेको पार्टीको पोलिटब्युरो बैठकमा बोल्दै पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले निणर्य कार्यान्वयन गर्न मन्त्रीहरुलाई आग्रह गरेका हुन् ।
यसको अन्तिम निर्णय भोलि केन्द्रिय कमिटीको बैठकले गर्ने बताएका नेपालले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धनलाई प्राथमिकता दिइने समेत आफ्नो पार्टीको प्राथमिकता दिइने बताएका छन् ।
अध्यक्ष नेपालको भनाई उदृत गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने , ‘यसको अन्तिम निर्णय भोलि केन्द्रिय कमिटीको बैठकले यसबारेमा त्यहाँ पनि उठेका प्रश्नहरूको उत्तर दिँदा यसको ठोस कुरा म भोलि बताउने छु भनेर अध्यक्षले भन्नुभएको छ तर हाम्रो पूर्ववत् निर्णय, अडानलाई परिवर्तन गर्ने कुरा उहाँले भोलि बोल्ने होइन कि केन्द्रीय कमिटीको बैठक भोलि बसिरहेको अवस्थामा आजै मैले किन बोलिहालौं भन्दै उहाँले हामीले गरेको निर्णय तपाईंहरू कार्यान्वयन गर्न आफैं लाग्नुहोस् भनेर आज मन्त्रीहरूलाई सम्झाउनुभएको छ ।’
गठबन्धनले हामीलाई मुख्य एजेण्डा बनाउँछ कि बनाउँदैन भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने बताएका नेपालले देशका सबै निर्वाचन क्षेत्रहरूमा आफ्नो उम्मेदवारी उठाउने गरी आफ्नो तयारी गर्नुपर्ने बताएका छन् ।