नेपाली चलचित्र उद्योगमा पछिल्लो केहि दिन यता कबड्डी ४ ले तहल्का मच्चाई रहेको छ । यस फिल्मले नेपाली फिल्मी इतिहास रचेन मात्र अब बिदेशी फिल्मलाई समेत टक्कर दिने देखिएको छ । घरेलु बक्स अफिसमा सबैभन्दा धेरै कमाउने ‘बाहुबली २’को कीर्तिमानलाई तोड्ने संकेत देखिएको छ । यस फिल्मले करिब १ महिनामा २२ करोड भन्दा ज्यादा कलेक्सन गरिसकेको छ ।
दयाहाङ राई स्टारर यस फिल्मले २८ दिनमा २२ करोड ४७ लाख रुपैयाँ ग्रस कमाएको छ । उता बाहुबली २ ले नेपाली बक्स अफिसमा कमाएको २३ करोडको लाइफ टाइम ग्रस कलेक्सनलाई मिट गर्ने देखिएको छ । ‘विकडेजमा अहिले कबड्डी ४ ले दैनिक ३ देखि ५ लाख रुपैयाँ कमाइरहेको छ । सप्ताहन्तमा दैनिक कलेक्सन ५ देखि १० लाखसम्म पुग्ने प्रक्षेपण छ । यहि अनुपातमा कलेक्सन गरिरहे बाहुबलीको रेकर्ड नतोड्ला भन्न सकिन्न ।
अब यस फिल्मले २३ करोड रुपैया कमाउन मात्र ५३ लाख रुपैया रहेको छ । ५५ लाख रुपैयाँ ग्रस कमाए मात्र कबड्डी ४ ले नेपालमा सर्वाधिक कमाउने फिल्मको कीर्तिमान कायम गर्नेछ । उता यस फिल्मका निर्देशक तथा निर्माता रामबाबु गुरुङ आफ्नो फिल्मले २३ करोडको आँकडा पार गर्ने विश्वास ब्यक्त गरेका छन् । विदेशी बजारमा उछाल ल्याइरहेको कबड्डीले अमेरिकाका ४७ राज्यमा उत्कृष्ट प्रदर्शन गरिरहेकोले पनि टार्गेट मिट हुने उनको दाबी छ ।