काठमाडौं :
नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रस्तावित सभापति रवि लामिछानेले पार्टीको नामका विषयमा उत्पन्न विवादका विषयमा पहिलो पटक पार्टीका तर्फबाट प्रस्टीकरण दिउका छन् ।
पार्टीको नामका विषयमा उत्पन्न विवादपछि पहिलो पटक पत्रकार सम्मेलन गरेर रविले आफ्नो पार्टी स्वतन्त्र उम्मेदवारहरूको विरुद्धमा नउत्रिएको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाजन आयोगले मान्यता नदिएको खण्डमा त्यसमा अर्को नाम विकल्पका रुपमा राखिने तर आयोगले यही नामलाई नै मान्यता दिने विषयमा आँफु विश्वस्त भएको उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै सभापति रवि लामिछाने भने ‘हामीले स्वतन्त्र रूपमा उठ्नुभएका वा उठ्न चाहेकाहरुलार्ई पनि समेट्ने सोच राखेर पार्टी गठन गरेका हौँ । स्वतन्त्रका विरुद्ध हामी छैनौँ ।’
नेता लामिछानेले आफ्नो पार्टीको चुनाव चिन्हबाट स्वतन्त्र उठ्न चाहेमा त्यो सुविधा पनि दिइने बताए । उनले स्वतन्त्र नाम अनुचित नरहेको भन्दै अन्य देशका उदाहरण पनि दिए ।