काठमाडौं । पार्टीको नामका विषयमा उत्पन्न विवादपछि पहिलो पटक बोले रवि लामिछानेले जवाफ दिएका छन् ।
नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रस्तावित सभापति रवि लामिछानेले पार्टीको नामका विषयमा उत्पन्न विवादका विषयमा पहिलो पटक प्रष्टीकरण दिँदै स्वतन्त्र उम्मेदवारहरूको विरुद्धमा आफ्नो पार्टी नउत्रिएको बताएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै सभापति रवि लामिछाने भने ‘हामीले स्वतन्त्र रूपमा उठ्नुभएका वा उठ्न चाहेकाहरुलार्ई पनि समेट्ने सोच राखेर पार्टी गठन गरेका हौँ । स्वतन्त्रका विरुद्ध हामी छैनौँ ।’
नेता लामिछानेले आफ्नो पार्टीको चुनाव चिन्हबाट स्वतन्त्र उठ्न चाहेमा त्यो सुविधा पनि दिइने बताए । उनले स्वतन्त्र नाम अनुचित नरहेको भन्दै अन्य देशका उदाहरण पनि दिए ।