काठमाडौं १० असार । नेकपा एकिकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले शनिबार बेलुकीसम्ममा नयाँ मन्त्रीहरुको सपथ हुने दावी गरेका छन् ।
नेता पाण्डेलाई किन मन्त्रीहरु फिर्ता हुन नमानेको भन्दै सोधिएको प्रश्नमा उनले शनिबार फिर्ता हुने नहुने थाहा हुने भन्दै सरकारका सबै गएर नयाँ मन्त्री आउने बताएका हुन् ।
६ महिनाको लागि भन्दै सुरुमे मन्त्री बनाइएपनि आठ महिना पुगिसक्दा पनि मन्त्री हेरफेरमा यति बेला नेकपा एसमा विवाद उत्पन्न भएको छ । पार्टीले हाल सरकारमा सहभागी भएका रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
जसको स्थानमा मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई मन्त्री र हिरा केसीलाई राज्यमन्त्री बनाउने भन्दै प्रधानमन्त्री शेबहादुर देउवालार्य नाम सिफारिस गरेको थियो ।
आज शुक्रबार पार्टीको पोलिटब्युरो बैठकमा अगावै १० सांसदले मन्त्री हेरफेरको निर्णयविरुद्ध पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदे ध्यानाकर्षण पत्र नै बुझाएका छन् ।
साथै , फिर्ता बोलाएर पार्टी छाड्ने चेतावनी आएको छ भनेर पत्रकारले सोधेको प्रश्नमा उनले पार्टी छोड्नेताकत नभएको भन्दै नेता पाण्डेले छोड्न नपर्ने भएकाले छोड्दिउँ-छोड्दिउँ भनेको बताएका छन् ।
बजेटबारे छलफल चलिरहेको बेला मन्त्री फेर्ने भनी गरेको निर्णय अपरिपक्क भएकाले मात्र सामान्य विवाद भएको बताएका छन् ।