भरतपुर महानगरपालिकाको बजेट ५ अर्ब ७४ करोड ४२ लाख — OSNepal

भरतपुर महानगरपालिकाको बजेट ५ अर्ब ७४ करोड ४२ लाख

LC (KTM) June 24, 2022 0

चितवन १० असार । भरतपुर महानगरपालिकाले ११औं अधिवेशन तथा नगरसभाले आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गरेको छ । महानगरले शुक्रबार ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ बजेट ल्याएको हो ।

यसमा पालिकाको आन्तरिक आय १ अर्ब ५० करोड रुपैयाँ र विकास निर्माणका लागि जनसहभागितामार्फत ३६ करोड रुपैयाँ रहने भएको छ ।

फोहोर व्यवस्थापनका लागि घरघरमै कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गरिने समेत मेयर रेणु दाहालले बताएकी छन् ।

चालू आर्थिक वर्षमा महानगरको बजेट भने ५ अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर