काठमाडौं १० असार । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले आफुहरु मन्त्रीबाट आजै हट्न तयार भएको बताएका छन् । तर नयाँ मन्त्री नियुक्त गर्दा समावेशितालाई जोड दिनुपर्ने बताएका छन् ।
शुक्रबार बसेको पार्टीको पोलिटव्यूरो बैठकमा सहभागी भएका मन्त्री आलेले नयाँ मन्त्रीहरु पठाउँदा समावेशितालाई ध्यान दिनुपर्ने , महिलालाई पनि मन्त्री बनाउनु पर्ने , एउटै जिल्लाबाट दुई जनालाई मन्त्री बनाउन नपाइने र गैरसांसदलाई पनि मन्त्री बनाउन नपाइने बताएका छन् ।
बैठक बस्नु अगावै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको नेतृत्वमा १० सांसदले मन्त्रीहरु हेरफेर गर्ने निर्णय हतारतमा गरिएको र बजेट पारित हुने बेलासम्म पनि कुर्न नसकेको भन्दै नेतृत्वको आलोचना समेत गरेका थिए ।
अहिले यति बेला दुई ढुंगा बिचको तरुल बनेका छन् अध्यक्ष माधव नेपाल एकतिर पार्टीको दवाव अर्को तिर प्रधानमन्त्री शेरबहादुर देउवाको आनाकानी ।
आजमात्रै पार्टीको पोलिटव्यूरो बैठक बस्नुअघि एकीकृत समाजवादीका १० सांसदले मन्त्रीहरु हेरफेर गर्ने निर्णयमा चूनौति दिँदै नयाँ शर्त तेर्साएका छन् ।