शाहीले टेलिफोनबाटै पत्रकारलाई अपशब्द प्रयोग गर्दै धम्काएको घटनाप्रति महासंघका जनायो आपत्ती — OSNepal

शाहीले टेलिफोनबाटै पत्रकारलाई अपशब्द प्रयोग गर्दै धम्काएको घटनाप्रति महासंघका जनायो आपत्ती

LC (KTM) June 17, 2021 0

काठमाडौँ ३ असार । आफुलाई सामाजिक अभियान्ता बताउने ज्ञानेन्द्र शाहीले समाचार प्रशारण भएको विषयलाई जनता टेलिभिजनमा कार्यरत पत्रकार शिखा श्रेष्ठ र धिरज बस्नेतलाई टेलिफोनबाट अपशब्द प्रयोग गर्दै धम्काएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भिर ध्यानाकषर्ण भएको छ ।

केही दिनअघि मात्र सुर्खेतमा शाहीमाथि कुटपिट भएको घटनालाई लिएर जनता टेलिभिजनको ‘वाइलाइन’ कार्यक्रम अन्तर्गत समाचार सामग्री प्रसारण भएपछि सोही विषयलाई लिएर शाहीले असार १ गते टेलिफोनबाट धम्काएको पीडित पत्रकारले बताएका छन् ।

हिजो बुधबार महासंघका महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गरी घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

प्रसारित समाचार सामग्रीप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोजिनुपर्नेमा पत्रकारलाई धम्क्याएको घटना आपत्तिजनक र प्रेस स्वतन्त्रताविरोधी काम भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर