हेटौंडा १० असार । नेकपा एमालेको हेटौंडा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको छ ।
एमालेबाट निर्वाचित नगरसभा सदस्यहरु नआएपछि सभा स्थगित गरिएको नगर प्रमुख मीनाकुमारी लामाले बताएकी हुन् ।
आवश्यक गणपुरक संख्याको अभावमा आजको लागि आह्वान गरिएको बैठक स्थगित भएको हो । १० बजेका लागि भनिएको नगरसभामा आवश्यक गणपुरक संख्या को सहभागी नभएका कारण बैठक स्थगित भएको हो ।
९५ जना सदस्य रहेको नगरसभामा शुक्रबार ४० जना मात्रै सहभागी भएका थिए ।