काठमाडौं १० असार । नेकपा माओवादी केन्द्रको केन्द्रिय कमिटिको बैठक सरेको छ ।
असार १५ गतेका लागि बोलाइएको बैठक १९ गतेलाई सारिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।
हल व्यवस्थापनका कारण बैठक सार्नु परेको बताएका उनले पार्टीको पदाधिकारी चयनमा सकस हुँदा पनि बैठक सरेको जनाएका छन् ।