नुवाकोट :
नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङ गाउँपालिकाले १२ कक्षा उत्तिर्ण गरेपछि विवाह गर्नेलाई पुरस्कार दिने भएको छ । गाउँपालिकाको उक्त निर्णयले पालिकाको मानव विकास सूचकांकमा समेत उल्लेख्य सुधार आउने र छोरीहरुलाई उच्च शिक्षा अध्ययन गराउन अभिभावकहरु उत्प्रेरित हुने छन् ।
गाउँपालिकाको पूर्ण कार्यपालिका बैठकले गाउँपालिकाभित्रका छोरीलाई २० वर्ष उमेर पूरागरि कम्तीमा १२ कक्षा उत्तिर्ण गराई विवाह गराउने परिवारलाई सम्मान र नगद पुरस्कार दिने निर्णय गरेको छ।यस्तो गर्ने परिवारलाई सम्मान तथा बधाइसहित प्रोत्साहन स्वरुप नगद १० हजार रुपैयाँ उपलब्ध गराउने छ ।
यस्तो निर्णयले अभिभावकहरुमा छोरीलाई पूर्ण शिक्षा दिनुका साथै छोरीहरु आफैं सचेत हुने छन्