काठमाडौं । संयुक्त अरब इमिरेट्स ९यूएई०का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको ‘सुनको लौरो’ले यतिबेला नेपालमा हलचल मच्चाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले राजकुमार जुमाले सुनको लौरो ल्याएकोबारे भन्सार कार्यालय अनभिज्ञ रहेको बताएको उक्त लौरो दुर्गा प्रसाईंले सरकारलाई हस्तान्तरण गर्न आँफु तयार रहेको बताइरहेका बेला उनले कार्यक्रम द प्रकाश सुवेदी शोमा उक्त सुनको लौरोको रहस्य खोल्दै आँफुले उक्त झोला नै नखोलेको र काठमाडौँबाट फर्किए लगत्तै हेर्ने समेत बताएका छन् ।
दुबईका राज परिवारका सदस्यले दिएको उक्त लौरोबारे थप रहस्य खोल्दै उनले भने उक्त लौरो संयुक्त अरब इमिरेट्स ९यूएई०का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमका बुबाले मर्नु अघि छोरालाई दिएको अन्तिम उपहार भएको बताए । बाबुले मृत्युबरण गरिरहँदा पाएको मायाको चिनो राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले आँफुलाई दिएर यूएई र नेपालको मित्रताको एउटा इट्टा थपिएको बताए ।