काठमाडौं १० असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीले देशभक्तिलाई महत्व दिने बताएका छन् । शुक्रबार बसेको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
विदेशीहरूको सामु लम्पसार नपर्ने बताएका उनले विदेशीका सामु घुँडा नटेक्ने बताएका छन् ।
‘कम्युनिष्ट पार्टीले देशभक्तिलाई महत्व दिन्छ । विदेशीहरूको सामु लम्पसार पर्दैन । विदेशीका सामु घुँडा टेक्तैन । विदेशीको इशारामा नाच्दैन’ ‘विदेशीको स्वार्थमा चल्दैन ।बैठकलाई सम्बोधन गर्दै नेपालले भने , ‘आफ्नो देश, आफ्नो राष्ट हितको रक्षा राष्ट्रको मर्यादा नाघ्दैन ।’
पार्टी संगठन मजबुत बनाएमात्र पार्टी बलियो हुने र देश बनाउन सकिने बताएका उनले आफ्नो देश, आफ्नो राष्ट हितको रक्षा राष्ट्रको मर्यादा ननाघ्ने बताएका छन् ।