काठमाडौं- बलिउडमा कुनै समय अत्यन्तै रुचाइएको जोडी हो शाहरुख र प्रियंकाको । यि दुबैले केही हिट फिल्ममा काम गरेका छन् । डन’, ‘बिल्लु बारबार’, ‘ओम शान्ति ओम’ जस्ता फिल्ममा एकसाथ काम गरेका छन् । सोही समयमा यि दुई प्रेममा रहेको चर्चाले बलिउड गर्मायो । जसको असर शाहरुख खानको परिवारमा पर्यो ।
शाहरुखकी श्रीमती गौरीले घर छाडेर हिडिदिए पछि शाहरुखले आफ्नो घर बचाउन प्रियंकासँग दुरी बनाएका थिए । त्यसपछि यि दुई कुनै फिल्ममा देखा परेका छैनन् । यि दुई स्टारको झगडाले कयौं पटक उनीहरुको प्रोफेसनल जीवनमा पनि असर परेको देखिन्छ ।त्यसपछि प्रियंकाको जीबनमा धेरै युवाहरुको प्रबेश भयो । अहिले भने उनले अमेरिकी गायक निकसँग घरजम गरेर बसेकी छन् ।