काठमाडौं १० असार । नेकपा एमालेका सांसद तथा पुर्व मन्त्री समेत रहेका नेता गोकुल बाँस्कोटाले वर्तमान सरकार आएपछि डलर सञ्चिति आधा भएको भन्दै पर्यटन समेत ध्वस्त भएको गुनासो पोखेका छन् ।
सामाजिक सञ्जाल मार्फत नेता बाँस्कोटाले विप्रेषणले मात्र देश थेगिएला रु भन्दै प्रश्न समेत गरेका छन् । उनले गठवन्धन सरकारमाथि टिप्पणी गर्दै अरु केही नगरे पनि गठबन्धन अमर रहोस् भनेका छन् ।
उनले भनेका छन् , ‘राष्ट्रिय उत्पादकत्वमा टेवा दिने उद्योगमाथि सरकारले योजनाबद्ध रूपमा करका दरमा तलमाथि गरेको राष्ट्रघाती कदमले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन नहुने नै भयो, ‘पर्यटन यसै ध्वस्त छ । यो सरकार आएपछि डलर सञ्चिति आधा भैसक्यो । विप्रेषणले मात्र देश थेगिएला ? अरु केही नगरे पनि गठबन्धन अमर रहोस् !’