काठमाडौं १० असार । नेकपा एकिकृत समाजवादी पार्टीका १० सांसदहरुले संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।
पार्टीमा मन्त्री हेरफेरको विषयलाई लिएर विवाद परेपछि अध्यक्ष माधव कुमार नेपाललाई सांसदहरुले संसदीय दलको बैठक बोलाउन माग गरेका हुन् ।
सरकारमा सहभागी भएका मन्त्रीले पाँच सर्त अघि सारेका छन् । राम्रो काम गर्दा गर्दै पनि पार्टीले सरकारबाट हटाएको भन्दंै उनीहरुले सर्त राखेका हुन् ।
संसदीय दलको बैठक माग गर्दै लिखित निवेदनमा दिनेमा सरकारमा सहभागी भएका स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरीमन्त्री रामकुमार झाँक्री, पर्यटनमन्त्री प्रेम आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ रहेका छन् ।
उक्त लिखित निवेदनमा सांसदहरू कृष्णलाल महर्जन, गोपालबहादुर बम, विनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरुले पनि हस्ताक्षर गरेका छन् ।