वीरेन्द्रनगर ९ असार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातापानीस्थित एक टर्की फर्ममा बर्डफ्लु पुष्टि भएको छ ।
केन्द्रीय पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा बिहिबार गरिएको परिक्षणमा उक्त फर्ममा बर्डफ्लु पुष्टि भएको हो । सय भन्दा टर्की मेरपछि परीक्षणका लागि नमूना काठमाडौँ पठाइएको थियो ।
बर्डफ्लु पुष्टि पुष्टि भएसँगै बर्डफ्लु नियन्त्रण समितिको आकस्मिक बैठकले चार किल्ला तोकेर टर्की, कुखुरालाई नष्ट गर्न निर्देशन दिएको छ ।
उक्त स्थानबाट ५०० मिटरसम्म क्षेत्रमा पालिएका पंक्षीलाई नष्ट गर्न पशुपन्क्षी विकास निर्देशनालयले पशु चिकित्सकसहितको टोली उक्त स्थान पुगेको छ । बर्डफ्लु देखिएको फ र्ममा भने साना ठुला गरेर एक हजार ५०० बढी टर्की रहेका छन् ।
अन्य क्षेत्रमा बर्डफ्लु फैलिन नदिन सुर्खेत उपत्यकाका किसानलाई आफूले पालेको पंक्षीमा शंकास्पद लक्षण देखिएमा उपभोग तथा बिक्री वितरण रोकेर पशु चिकित्सकलाई खबर गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आग्रह गरेका छन् ।