काठमाडौं ९ असार । नेकपा एमालेका राष्ट्रियसभा सदस्यहरु अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
राष्ट्रियसभामा एमालेको भूमिका, राष्ट्रिय राजनीति, संसदीय समितिका सभापति चयन लगायतको विषयमा छलफल गर्न एमालेका राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिएका छन् ।
समितिका सभापति रिक्त हुनु भनेको संसदीय अभ्यासमा राम्रो नभएको बताएका उनले आफ्नो कुरा अध्यक्षसँग राख्न र उहाँको निर्देशन सुन्न छलफलमा बस्न लागेको जानकारी दिएका छन् ।
साथै, प्रतिनिधिसभामा पठाइएको विधेयकहरु फिर्ता नभएको विषयमा समेत छलफल हुने उनले जानकारी दिएका छन् ।