काठमाडौं ९ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदेश्यलाई जीवित राखेर कम्युनिष्ट पार्टीको नाम परिवर्तन गर्न सकिने जानकारी दिएका छन् । बिहिबार टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गदैं अध्यक्ष ओलीले यस्तो जनाएका हुन् ।
देश ठूलो भएको भन्दै उनले देशको लागि काम गर्नुपर्ने बताएका छन् । ओलीले भने, ‘देश ठूलो हो, देशका लागि हामीले काम गर्ने हो, हाम्रा उद्देश्य समृद्ध नेपाल र सुखी नेपाली हुनुपर्दछ ।’
टङ्कप्रसाद आचार्यको विचार र सङ्गठनले विसं २००७ को क्रान्ति भएको धारणा राखेका ओलीले भने,’टङ्कप्रसाद आचार्यलाई मुलुकको नेतृत्व दिइन्थ्यो भने उहाँले परिकल्पना गर्नुभएको मुलुक बन्दथ्यो’ ।
तत्कालिन समयमा टङ्कप्रसाद आचार्यलेछरेको पर्चाले नेपालको राजनीतिक जागरण र परिवर्तनमा महत्वपूर्ण योगदान दिएको ओलीको ठम्याई छ ।