काठमाडौं ९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी र एसपीपीका विषयमा आफ्नो पार्टीले निर्णायक भूमिका खेलेको जिकिर गरेका छन् ।
बिहिबार ललितपुरमा आयोजित निर्वाचित जनप्रतिनिधिलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी र एसपीपीमा नेकपा एमालेले राष्ट्रघात गरेको आरोप लगाएका लगाएका छन् ।
एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने प्रावधान नभएको बताएका उनले भने, ‘एमालेको केपी ओली नेतृत्वको सरकारले यस्तो प्रावधान थपेर राष्ट्रघाट गर्यौं । धन्न हामीले १२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाएर ठूलो दुर्घटना टार्यौं ।’
एमसीसीसँगै पारित गरिएको १२ बुँदे घोषणालाई अमेरिकाले समेत मान्यता दिइसकेको खुलासा गरेका प्रचण्डले यो सम्झौता नेपालको पनि कानूनको अंग बनेको बताएका छन् ।
एमपीपीको विषयमा आफुले पहिलो पटक प्रधानमन्त्री समक्ष असन्तुष्टि जनाएको दावी गरेका उनले अघि भने, ‘यो कुनै हालतमा पारित गर्नुहुन्न भनेपछि प्रधानमन्त्रीले पनि बरु मर्छु तर एसपीपी पारित गर्दिनँ भन्नुभयो, त्यसपछि म ढुक्क भएँ’अनि मैले गठबन्धनको बैठक बसेर एसपीपी अस्वीकार गर्नुपर्छ र सरकारले निर्णय गर्नुपर्छ भनेपछि यो खारेज भएको हो ।’