काठमाडौं ९ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठवन्धन आगामी चुनाव सम्मै जाने बताएका छन् ।
बिहिबार ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण दिन आयोजित कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनमा चाहिनेभन्दा बढी आस नगर्न भनेका छन् ।
अबको निर्वाचनमा गुणात्मक परिणाम ल्याइने उल्लेख गरे । ‘आउने ६/८ महिना मिहिनेत गरेर, दुःख गरेर लाग्यौँ भने प्रदेश र संघको चुनावमा देशको दोस्रो, वामपन्थी पहिलो पार्टी बन्ने सम्भावना छ,’उनले भने ।
आउँदो निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा ९एमाले० आफूहरूसँग मिल्न आउने वातावरण बनाउने दावी गरेका उनले साउन १५ भित्रै उमेदवार चयन गर्ने योजना आफ ्नो रहेको बताएका छन् ।
सत्ता गठबन्धन निर्वाचनसम्मै जाने भन्दै त्यसमै भर पर्ने ‘त्रुटि’ नगर्न निर्देशन समेत दिएका प्रचण्डले गठबन्धन भएपछि जितिहान्छि भनेर रिल्याक्स गर्ने त्रुटि नगर्न भनेका छन् ।