काठमाडौं ९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउने चुनावमा वामपन्थीको पहिलो पार्टी बने देशको बागडोर आफूहरुको हातमा आउने बताएका छन् ।
स्थानीय तहमा निर्वाचित स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै बिहिबार अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
स्थानीय चुनावमै देशको दोस्रो र वामपन्थीमा पार्टी बन्ने सम्भावना फुत्किएको बताएका उनले ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लेफ्टको पहिलो हुने झन् ठूलो सम्भावना बनेको दावी गरेका छन् ।
पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने ,’भयो भने देशको बागडोर हाम्रो हातमा आउँछ । महत्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्ने सम्भावना छ । यसका लागि हामी सबैले मेहनत गर्नुपर्नेछ ।’
राजनीतिको चाबी माओवादीसँग भए पनि कि कांग्रेस कि एमालेसँग मिलेर जानुपर्ने बाध्यता रहेको बताएका उनले आफ्नो सपना अब अरुसँग मिल्न जानुपर्ने होइन । आफुहरुसँग मिल्न आउनुपर्ने ठाउँमा पुर्याउनुपर्छ भन्ने रहेको बताएका छन् ।