नेपालमाथि आक्रोशित हुँदै झाँक्रीले भनिन् - राम्रो काम गर्दा पनि हामीलाई हटाउनु हुन्छ भने मेरा लागि अध्यक्ष मरे तुल्य बराबर हुनुभयो — OSNepal

नेपालमाथि आक्रोशित हुँदै झाँक्रीले भनिन् – राम्रो काम गर्दा पनि हामीलाई हटाउनु हुन्छ भने मेरा लागि अध्यक्ष मरे तुल्य बराबर हुनुभयो

LC (KTM) June 23, 2022 0

काठमाडौं ९ असार । नेकपा एकिकृत समाजवादी पार्टीमा मन्त्री हेरफेरको विषयमा विवाद चुलिएको छ । नयाँ मन्त्री नियुक्तको विषयमा असहमति जनाएकी जनाएकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफुले गरेका काममा खोट भए फिर्ता बोलाउने हो नभए किन फिर्ता आउने भन्दै अध्यक्ष नेपालमाथि आक्रोश पोखेकी थिइन् ।

बुधबार पार्टी अध्यक्ष माधव नेपालमको निवास भएको छलफलमा झाँक्रीले असहमति प्रकट गरेकी हुन् । फोहोर व्यवस्थापनको कार्य आफ्नै पहलमा भइरहेको दावी गरेकी उनले भनेकी छन् , हामीले गरेका काममा खोट भए फिर्ता बोलाउने हो । यो बीचमा हामीले किन फिर्ता आउनेरु ’ उनले आफूहरुले राम्रै काम गरिरहेको समेत बताइन् ।

फोहोर व्यवस्थापनको कार्य आफ्नै पहलमा सम्पन्न भईरहेको बताउँदै झाँक्रीले नेपालमाथि आक्रोशित हुँदै भनिन्, ‘राम्रो काम गरिरहेको अवस्थामा पनि हामीलाई हटाउनु हुन्छ भने मेरा लागि अध्यक्ष मरे तुल्य बराबर हुनुभयो ।’

अध्यक्ष नेपालको कोटेश्वरस्थित निवासमा बाहिर नै सुनिने गरी अध्यक्ष नेपालको प्रस्तावलाई अस्वीकार गर्दै चर्को स्वरमा मन्त्री झाँक्री बोल्न थालेपछि स्थिति केही असामान्य भएको थियो ।

झाँक्री सहित नेपालको निवास पुगेका पर्यटनमन्त्री आलेले पनि आफू मन्त्रीबाट फिर्ता हुन असहमति जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर