एकीकृत समाजवादीका मन्त्रीहरूले नेपालमाथि राखे सरकारबाट बाहिरिन ५ बुँदे सर्त — OSNepal

एकीकृत समाजवादीका मन्त्रीहरूले नेपालमाथि राखे सरकारबाट बाहिरिन ५ बुँदे सर्त

LC (KTM) June 23, 2022 0

काठमाडौं ९ असार । सरकारमा सहभागी नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले सरकारबाट बाहिरिन ५ बुँदे सर्त अघि सारेका छन् ।

बुधबार पार्टी अध्यक्ष माधव .नेपालको निवास कोटेश्वरमा भएको छलफलमा पार्टीको निणर्य स्वीकार्य भएपनि पार्टीले सरकारमा पठाउँन लागेको मन्त्रीको विषयमा भने असहमित जनाएका छन् ।

छलफलमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठले नेपाललाई नयाँ मन्त्री चयनको लागि पाँच बुँदे माग अघि सारेका हुन् ।

सरकारमा आफूहरूको पर्फमेन्स अरु दलको भन्दा उत्कृष्ट भएको दावी गरेका उनीहरूले मन्त्री फेर्ने हल्ला चलाएर पार्टीले कर्मचारीलाई निरीह बनाउनु पार्टी नेतृत्वको गल्ती भएको बताएका छन् ।

तथापी, निणर्य गरिसकेकाले निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका नेपाल र मन्त्रीहरूबीच चर्काचर्कीसमेत परेको थियो ।नयाँ मन्त्री नियुक्त गर्दा एक जना पनि महिला नपरेको ,एकै जिल्लाका २ जनाको नाम परेको तथा गैरसांसदलाई पनि सिफासिरस गरिएको विषयमा उनीहरुले असहमति जनाएका हुन् ।

मन्त्री पद छाड्नु ठूलो कुरा होइन तर माधव र झलनाथ कमरेडले जसरी निर्णय लिए त्यो गलत भएको सहभागी भएका एक नेताले भनेका छन् ।

छलफलमा उनीहरुले राखेका पाँच सर्त यस्तो छ ,
१. नयाँ मन्त्रीहरू समावेशी आधारमा छानिनुपर्ने

२. गैरसांसदलाई मन्त्री बनाउन नहुने

३. एकै जिल्लाका २ जना मन्त्री बनाउन नहुने

४. राज्यमन्त्रीलाई मन्त्रीमा बढुवा गर्न नपाइने

५. राष्ट्रियसभाबाट बजेट पारित हुँदासम्म पर्खने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर