कांग्रेस उपसभापति गुरुङले मागे कृषिमन्त्री यादव र शिक्षामन्त्री पौडेलको राजीनामा — OSNepal

कांग्रेस उपसभापति गुरुङले मागे कृषिमन्त्री यादव र शिक्षामन्त्री पौडेलको राजीनामा

LC (KTM) June 23, 2022 0

काठमाडौं ९ असार । नेपाली कांग्रेसका सपसभापति धनराज गुरुङले किसानलाई समयमा मल दिन नसक्ने कृषिमन्त्री महेन्द्रप्रसाद यादव र विद्यार्थीलाई समयमा किताव दिन नसक्ने शिक्षामन्त्री देवेन्द्र पौडेलले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

जिम्मेवारी पुरा गर्न नसकेपनि राजीनामा नदिई मन्त्री पदमा टाँसिरहने राजनीतिको विकृत रुप भएको बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत राजीनामा माग गरेका उनले भनेका छन् , ‘लोकतन्त्र गफाडीहरुको गफ गर्ने थलो हैन।,जनउत्तरदायी बन्न नसके लोकतन्त्र कमजोर हुन्छ।’

उनले भनेका छन् ,राजनीतिको विकृत रुप!किसानलाई समयमा मल दिन नसक्ने, विद्यार्थीलाई समयमा किताव दिन नसक्ने।तैपनि मन्त्री पदमा टाँसिरहने। जिम्मेवारी पुरा गर्न नसकेपछि राजिनामा दिने ‘पोलिटिकल कल्चर’ मरिसकेकै हो त?लोकतन्त्र गफाडीहरुको गफ गर्ने थलो हैन।जनउत्तरदायी बन्न नसके लोकतन्त्र कमजोर हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर