काठमाडौं ९ असार । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल माथि कटाक्ष गरेका छन् । उनले हिजो केपी ओली को हो र उनको निर्णय मान्नु पर्ने भन्ने नेपाललाई उनकै मन्त्रीहरुले पार्टीको निर्णयलाई चुनौती दिएको समाजिक सञ्जाल मार्फत बताएका छन् ।
म नेता हुँ नेता भनेर छाती पिट्ने माधव नेपाललाई आज उनकै निर्णय उनकै मन्त्रीहरुले टालो बनाएर फाल्दिँदा कस्तो लागेको होला बाँस्कोटाले भनेका छन् ।
‘म्यादी भित्र जाँदा उमेदवार बाहिर निस्कने, उम्मेदवार मन्त्रीभित्र जाँदा म्यादी निस्कने दृष्य एक हप्तादेखि सदनमा देख्न पाइएको उनले बताएका छन् ।
उनले भनेका छन् , ‘हिजो ओली को हो र उनको निर्णय मान्नु पर्ने । म नेता हुँ नेता भनेर छाती पिट्ने माधव नेपाललाई आज उनकै निर्णय उनकै मन्त्रीहरुले टालो बनाएर फाल्दिँदा कस्तो लागेको होला, ‘म्यादी भित्र जाँदा उमेदवार बाहिर निस्कने, उम्मेदवार मन्त्रीभित्र जाँदा म्यादी निस्कने दृष्य एक हप्तादेखि सदनमा देख्न पाइएकै छ ।’