धनगढी ९ असार । नेत्रविक्रम चन्द ९विप्लव० को साथ फेरि चार नेताले छाडेका छन् ।
पूर्व पोलिट ब्युरो सदस्य सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन सहित पूर्वकेन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज एवंम् विशेष कमिटी सदस्य रहेका छन् । संयुक्त विज्ञप्ती जारी गर्दै उनीहरुले राजीनामा दिएका हुन् ।
संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ , ‘बदलिदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेका छौं नेपालको कम्युनिष्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामूहिक आवश्यकतालाई महसुस गरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौं’ ।
कम्युनिष्ट आन्दोलनको एकता र ध्रुवीकरणलाई महसुस गरेको बताउँदै अघि भनिएको छ, ‘हाम्रो नेतृत्व अहिले यो दिशामा जाने स्थिती देखिएन टुटफुट र विभाजित भएका कम्युनिष्ट शक्तिहरू ससाना समूहमा बसेर हुँदैन ।’
नेता पुनले माओवादी केन्द्रमा प्रवेश गर्ने विषयमा पनि छलफल जारी रहेको भन्दै निष्कर्षमा भने पुग्न बाँकी रहेको बताएका छन् । माओवादीसँगै अन्य शक्तिहरुलाई समेत जोड्दै लैजाने आफूहरूको योजना रहेको समेत उनले खुलासा गरेका छन् ।