काठमाडौं ९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले घुस काण्डमा मुछिएका न्यायाधीश र अधिवक्ताविरुद्ध मुद्दा दर्ता गर्ने भएको छ ।
राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही दिएको जानकारी अनुसार २ करोड घुसको डिल गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीस राजकुमार पोखरेल र अधिवक्ता रुद्र पोखरेल विरुद्ध पार्टीको सुशासन विभागका तर्फबाट सर्वोच्चा अदालतमा मुद्धा दर्ता गरिने भएको हो ।
जेलमा रहेका इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्ने विषयमा भएकोकुराकानी अडियोमा सार्वजनिक भएपछि न्यायपरिषदले बुधबार नैछानविन समिति बनाएको छ । न्यायाधीशलाई पदबाट बर्खास्त र वकिलको लाइसेन्स खारेजीको माग गर्दै दुवैमाथि हदैसम्मको कारवाही गर्न भन्दै मुद्धा दायर गरिने प्रवक्ता शाहीले बताएका छन् ।