काठमाडौं ९ असार । चार जना महिला एसएसपीलाई डीआईजी बढुवामा सिफारिस गरिएको छ । गएराति गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना एसएसपीलाई डीआईजी बढुवामा सिफारिस गरेको चार जना महिलाको नाम पनि परेको हो ।
बढुवा हुनेमा पहिलो नम्बरमा एसएसपी वसन्त कुवँरको नाम परेको छ । दुई नम्बरमा टेकप्रसाद राईको नाम सिफारिस भएको छ। अन्यमा क्रमशः अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणाको नाम डीआईजीमा बढुवामा सिफारिस भएको छ ।
महिलाहरुमा पहिलो पटक एकै पटक डीआईजीको प्रतिस्पर्धामा गर्नेमा ०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राना रहेका छन् । यी चारै जनाको अब आईजीपी बन्ने सम्भावना बढेको छ ।
प्रहरीमा हालसम्म एकैपटक दुईजना महिला अधिकृत मात्र डीआईजी बनेका छन् । पार्वती थापा र विमला थापा रहेका छन् ।