काठमाडौं ८ असार । निर्वाचन आयोगले निर्वाचन खर्च नबुझाउने उम्मेदवारको सूची संकलन गर्ने भएको छ । यही वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार दिएका उम्मेदवारको सूची आयोगले संकलन गने भएको हो ।
आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी गराएका हुन् ।
खर्च विवरण बुझाउने र नबुझाउने उम्मेदवारको छुट्टाछुट्टै विवरण तयार गरी कारवाहीका लागि आयोगमा पठाउन सबै निर्वाचन कार्यालयहरूलाई निर्देशन समेत दिएको पौडेलले जनाएका छन् ।
कानूनअनुसार निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सम्बन्धित जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने व्यवस्था रहेको छ ।