काठमाडौं ८ असार । काठमाडौंको धाराको पानीमा दिसामा पाइने संक्रामक जिवाणु फेला परेको छ ।
काठमाडौंमा बागबजारमा आइतबार हैजा पुष्टि भएका दुई महिलामा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टिसँगै गरिएको नमुना परिक्षणमा दिसामा पाइने ‘फिकल इकोली’नामक जीवाणु फेला परेको हो ।
साथै , हैजा देखिएका अन्य स्थानमा पनि पानीको नमुना परिक्षण भइरहेको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारी जानकारी दिएका छन् ।
पानीबाट हैजा संक्रमण भएको पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पानी उमालेर मात्रै पिउन र जथाभाबी खानेकुरा नखान आग्रह गरेको छ ।