काठमाडौं ८ असार । सत्तागठवन्धन दलका शिर्ष तिन नेताको बैठक सुरु भएको छ ।
सत्ता गठबन्धनको बैठक सम्पन्न भएलगत्तै प्रधानमन्त्री सरकारी बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा(एकिकृत समाजवादी) अध्यक्ष माधव नेपाल छलफलमा जुटेका छन् ।
सो बैठकमा अध्यक्ष नेपालले मन्त्रिपरिषद् हेरफेरको विषय कुरा उठाएका छन् । साथै मन्त्रिपरिषद्कै विषयमा छलफल भएको बुझिएको छ । अध्यक्ष नेपालले मन्त्रिपरिषद्को विषयमा कुरा उठाएपनि प्रधानमन्त्री देउवाले पछि कुरा गरौला भनेको बुझिएको छ ।