काठमाडौं ८ असार । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीसँग २० लाख मत हुँदा पनि सत्तागठवन्धनमा आफ्नो पार्टीलाई अपमान गरिएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित स्थानीय तहका जनप्रनिधिहरूलाई शुभकामना दिने कार्यक्रममा नेता खनालले यस्तो प्रतिक्रिया दिएका हुन् ।
२० लाखभन्दा बढी मत भएपनि आफुहरुले धेरै ठाउँमा जित्न नसेको स्वीकार गरेका उनले भने , ‘जित्न नसक्नुमा धेरै कारण छन् । हामी समीक्षा गरिरहेका छौँ । हामीले खुल्ला मनस्थिति लिएर राष्ट्रव्यापी रूपमा हाम्रा उमेदवार उठाउन सकेको भए अहिले हामीले नौ लाख छ भन्छौँ नि,हामीसँग २० लाखभन्दा बढी मत छ । त्यो मत संकलन गर्न सकेनौँ ।’
पाउनुपर्ने सिट गुमाएको बताएका उनले गठबन्धनले अपमान गरेको भन्दै जति मत पाउनपर्थ्यो, त्यति मत पनि प्राप्त गर्न नसकेकाले त्यति सिट पनि प्राप्त गर्न नसकेको जानकारी गराएका छन् ।
निर्वाचित आफ्ना जनप्रतिनिधिलाई जनताको घरघरमा गएर के समस्याहरू छन् भन्ने अध्ययन गरेर जनतासँगको सम्बन्धलाई अघि बढाउन समेत आग्रह गरेका छन् ।
पार्टीका विचार, नीति, कार्यदिशालाई स्थापित गर्ने गरी नमुना काम गरेर देखाउन आग्रह समेत गरेका छन् ।