काठमाडौं ८ असार । घुस लेनदेनसम्बन्धी अडियो प्रकरणमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले अब ४५ दिन काम गर्न नपाउने भएका छन् ।
बुधबार बसेको न्याय परिषद्को बैठकले तत्कालका कोइरालालाई आजैकै दिनबाट काम गर्न नपाउने भएका छन् । अडियो सार्वजनिक भएसँगै बसेको आकस्मिक बैठकले यस्तो निणर्य गरेको हो ।
बैठकले तीन सदस्यीय समिति गठनलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको छ । समितिमा उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनकै न्यायाधीश महेश शर्मा रहेका छन् ।
सार्वजनिक भएको अडियोमा कोइराला र पोखेरलबीच जेलमा रहेका इच्छाराज तामाङलाई धरौटीमा छुटाउने रकमको विषयमा कुराकानी भएको थियो ।