काठमाडौं ८ असार । घूस लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि न्यायपरिषद्ले सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबिच घुस लेनदेनको अडियो सार्वजनिक भएपछि बुधबार बसेको न्यायपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनने विषयमा फोन वार्ता भएको थियो । तथापी, न्यायाधीश कोइरालाले भने आफूले अनुचित कार्य नगरेको बताएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइरालाले भने आफूले अनुचित कार्य नगरेको दाबी गरेका छन् । साथै उनले आफ्नाबारे सार्वजनिक भएको समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।